०५६-५७१९१५     info@digobikash.org.np

सहकारीका समस्या, चुनौती तथा अवसरहरु

२.१ कार्य क्षेत्र

२.१.१. भौगोलिक अवस्था ः
नेपालको पश्चिमाञ्चल विकास क्षेत्र का १६ जिल्ला मध्ये रुपन्देही जिल्ला शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित जिल्ला हो । ८३० १२’ १६’’देखि ८३० ३८’ १६’’ पूर्वी देशान्तर र २७० २०’ ००’’ देखि २७० ४७’ २५’’ उत्तरी अक्षांशमा रहेको यो जिल्ला १३६० वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस जिल्लाको पूर्वमा नवलपरासी, पश्चिममा कपिलवस्तु, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ । समुद्र सतहबाट १०० मिटर देखि १२२९ मिटरको उचाईमा रहेको यस जिल्लालाई चुरे क्षेत्र, भावर क्षेत्र र तराई÷मधेस गरी ३ भौगोलिक क्षेत्रहरुमा विभाजन गर्न सकिन्छ । राजनैतिक रुपले यस जिल्लालाई ७ संसदीय चुनाव क्षेत्र, १७ इलाका, ४५ गा.वि.स. र १ उपमहानगरपालिका, ५ नगरपालिकामा विभाजन गरिएको छ ।
अत्यधिक धार्मिकस्थलहरु, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थानहरु, औद्योगिक तथा प्राविधिक क्षेत्रहरु, कृषि, वातावरण तथा जैविक विविधतायुक्त आर्थिक तथा पर्यटकीय महत्वका क्षेत्रहरु रहेको यस जिल्लाको नामाकरणको सम्वन्ध भगवान गौतम बुद्धसंग जोडिएको छ । राजा शुद्धोधनकी रानी, कोलिया राजकन्या रुपादेवी थिइन । शाक्यहरु र कोलियहरुको आवतजावत गर्दा विश्राम स्थलको रुपमा रहेको वगैचाको नाम यीनै रानीको नामवाट रुपादेवी राखियो । कालान्तरमा उक्त शब्द अपभ्रम्स हुदै रुम्विनी देई, रुमिनी देई हुदै लुम्बिनी र यसैबाट रुपन्देही जिल्लाको नाम रहेको सुन्नमा पाइन्छ । यसरी वनेको लुम्बिनी गाँउ आज पनि दक्षिण पश्चिम रुपन्देहीमा अवस्थित छ ।

 

द्द.ज्ञ.द्द भू–उपयोगको स्थिति

रुपन्देही जिल्लाको कुल क्षेत्रफल १४१३६७ हे. मध्ये करिव ८२६२२ हे. जमिन आवाद गरिएको छ भने ३२००६ हे. जमिन वन जंगलले ढाकेको छ । अधिराज्यकै वीच भागमा पर्ने यो जिल्ला व्यापारिक एंव आवागमनको दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने हँुदा बसाई सराइको कारण खेतियोग्य जमिन आवास क्षेत्रमा परिणत हुने क्रम बढ्दो छ । हाल ५९५३ हे. आवास क्षेत्रले ढाकेको छ । वा“की १६७६४ हे. भूभाग पर्ति, नदीनाला, चरण लगायत अन्य क्षेत्रले ओगटेको छ । २०६८ सालको जनगणनाको आधारमा जिल्लाको घरधुरीका हिसावले जग्गाको औषत स्वामित्व ०.८६ हे. पर्दछ । निम्न तालिकावाट रुपन्देही जिल्लाको भू– उपयोगको स्थिति देख्न सकिन्छ ।

क्र.सं. विवरण क्षेत्रफल (हेक्टर) प्रतिशत
जिल्लाको जम्मा क्षेत्रफल  १,४१,३६७ १००
खेतीयोग्य जमिन  ८२,६२२ ५८.४५
खेती गरिएको जमिन

बाह्रै महिना सिंचाई हुने

मौसमी सिंचाई हुने

असिंचित

 ८२,६२२

१०,३२२

४७,६६७

२४,६३३

५८.४५
वनजंगलको क्षेत्रफल ३२,००६ २२.६४
चरन, झाडी, बुट्यान आदि क्षेत्रफल ८,८८२ ६.२८
नदीनालाहरुको क्षेत्रफल २,४६० १.७४
पहाड चट्टान ४१४ ०.२९
आवास क्षेत्र ५,९५३ ४.२१
उद्योगधन्दाले ओगटेको क्षेत्रफल २११ ०.१४
१० रियलस्टेटले ओगटेको क्षेत्रफल २,२८९ १.६१
११ पर्ति ÷ अन्य ६,५३० ४.६४
जम्मा १,४१,३६७ १००

 

News & Events

2018 Digo Bikash All rights reserved Design and Developed byweb design nepal, software development nepal, office accounting software nepal, cheap website hosting nepalHosted byweb design nepal, software development nepal, office accounting software nepal, cheap website hosting nepal