०५६-५७१९१५     info@digobikash.org.np

ऐतिहासिक पृष्ठभूमि

बेलायतको रचडेल शहरबाट सहकारीको अवधारणा एवं बिकासको क्रम शुरु भएदेखि बिश्वका धेरै ठाँउहरुमा सहकारीको बिजारोपण र बिकास भईरहे पनि नेपालमा भने बि.सं. २०१३ मा मात्रै नेपालमा सहकारीको बिधिवत रुपपमा स्थापना भई बिकास भएको छ ।
नेपालमा प्राचिन कालदेखि नै सहकारीका बिभिन्न रुपहरु जस्तै धरम भकारी, पर्म, गूठी आदिबाट सहकारीको अवधारणा र चलन भए पनि बि.सं.२०१३ चैत्र २० गते चितवन जिल्लामा देशकै पहिलो सहकारी बखान ऋण सहकारी संस्थाको स्थापना भइ हाल देशै भरी लगभग ३४००० चौतिस हजार भन्दा बढी सहकारी संस्थाहरुको दर्ता भई संचालनमा रहेका छन । यसरी आ–आफनो उद्देश्यका साथ सहकारी संस्था दर्ता भइ संचालनमा आइरहेपनि फरक पृथक ढंगबाट सहकारीका उद्देश्यहरु सहकारीकर्मी माझ पु–याउनु पर्छ भन्ने अठोटका साथ मिति २०७४ असार २३ गते वर्तमान संस्थाका अध्यक्ष श्री टेक बहादुर शाहीको बिशेष पहलमा शूरुमा २९ जना व्यक्ति हरुको सामुहिक प्रयासबाट यसको दर्ता भयो । शूरुवातमा रु.२५,००,०००.लाख बाट शूरु गरिएको यस सहकारी संस्थामा हाल १२०० जना शेयर सदस्य सहित १ करोड २५ लाख शेयर पूँजी रहेको छ ।

News & Events

2018 Digo Bikash All rights reserved Design and Developed byweb design nepal, software development nepal, office accounting software nepal, cheap website hosting nepalHosted byweb design nepal, software development nepal, office accounting software nepal, cheap website hosting nepal